Nepa Top
century-bank

पाँच तस्वीरमा टोखा विस्केट जात्रा

काठमाडौँ । टोखा विस्केट जात्राको महत्वपूर्ण दिन आज महत्वपूर्ण दिन बिभिन्न देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराइएको छ । आआफ्नो स्थानमा पुनः विराजमान गराउन अघि देवी देवताहरुलाई स्नान गराउने चलन छ ।

काठमाडौं उपत्यकाको सबभन्दा पुरानो जात्रा मानिने टोखाको विस्केट जात्राको आफ्नै ऐतिहासिक महत्व छ । पूर्णरुपमा सामाजिक सदभावका साथ मनाइने टोखाको विस्केट जात्रामा सोमबार मात्र दुई लाख बढी तीर्थालु पुगेको मेला व्यवस्थापन समितिका संयोजक देवराज डंगोलले जानकारी दिनुभयो ।

विशेष खटमा सजाइएका गणेश, कुमारी ,सपनतीर्थ,मसानकाली र चण्डेश्वरी लगायतका देवी देवतालाई सोमबार नारायणपोखरीमा स्नान गराएको हेर्न श्रद्धालुको घुँइचो लागेको थियो भने मानिसहरुले घरघरबाट देवी देवतालाई स्नान गराउन लैजादा फुल र अविर चढाएका थिए ।

ऐतिहासिक शहर टोखा प्राचीन हिसाबमा वैभवशाली शहर मानिन्छ । यहाँ मनाइने हरेक जात्रा तथा चाँडमा स्थानीयको सक्रियतापूर्वक सहभागिता रहने गरेको छ । मंगलबार विस्केट जात्राको अन्तिम दिन देवी देवताहरुलाई आआफ्नो स्थानमा विराजमान गराउने चलन छ ।

सोमबार जात्रा हेर्न र देवी देवताको दर्शन गर्न नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलगायत बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरु समेत टोखा पुग्नु भएको थियो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]