Nepa Top
century-bank

एमाले स्थायी समिति बैठककाे यस्तो निष्कर्ष

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको हो।

वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।नेता बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको सुवास नेम्वाङले बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत बैठकमा सहभागी थिए ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]