Nepa Top
century-bank

२०७५ भर सुरक्षित मातृत्वको लागि विशेष अभियान नै चलाइने

गर्भवती र सुत्केरीको मृत्युदर केही घटेपनि लक्ष्यअनुरुप उपलब्धि हासिल भएन, स्वास्थ्य संस्था वाहिरै प्रसुती गराउनेको संख्या अझै बढी

काठमाडौँ । विकासको प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्था सुधारको लागि भनेर सरकारले हरेक बर्ष १६ अर्ब बजेट छुट्याउने गरेको छ । तर, गर्भवती तथा सुत्केरीको मृत्युदर केही घटेपनि लक्ष्य अनुरुप उपलब्धि हासिल गर्न नसकिएको सरकारी तथ्यांकले देखाएको छ । एक रिपोर्ट

सन् २०१६ मा २ सय ५९ जना गर्भवती महिलाको मृत्यु भएको थियो । यो एक लाख महिलामा गरिएको अनुसन्धान हो । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाको मृत्यु हुने संख्या बढी छ । प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा मातृ तथा शिशु मृत्युदर अपेक्षाकृत घट्न सकेको छैन । देशभर तत्काल २० हजार तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यकता रहे पनि ८ हजार ६ सय मात्रै कार्यरत छन् ।

यसले अझै तीन लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्था बाहिरै बच्चा जन्माउने गरेका छन् भने अझै ठूलो संख्यामा महिलाहरू स्वास्थ्यकर्मीको उपस्थिति विना सुत्केरी गराउन बाध्य छन् । सोमबार सुरक्षित मातृत्व दिवसको अवसर पारेर स्वास्थ्य मन्त्रालयले २०७५ भर सुरक्षित मातृत्वको लागि विशेष अभियान नै चलाउने घोषणा गरेको छ ।

सरकारले सुरक्षित मातृत्वको लागि अभियान नै चलाउदै बैशाख जेठ असार महिनाभर सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण निशुल्क गर्ने भएको छ । त्यसमा फिस्टुला र क्यान्सर भएको नभएको परीक्षण गरिनेछ । यस्तै साउन भदौ र असोज महिनामा सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष स्थापना गर्ने र यो कोषको रकम आकस्मिक प्रसुति सेवामा प्रयोग गरिने घोषणा गरेको छ ।

गर्भवती महिला सामान्य बेथा लागेको अवस्थामा स्वास्थ्य संस्था नजाने र बेथाले च्यापेर समस्या देखिन थालेपछि मात्र स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने गर्दा आमा र शिशु दुवैको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]