Nepa Top
century-bank

रुख कटहर सेवन गरि लिनुस् यि फाइदा

काठमाडौँ। रुख कटहरलाई फल र तरकारी दुबैको रुपमा प्रयोग गर्न सकिन्छ । कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् ।

अहिले रुखकटहर तरकारीका रूपमा खाने सिजन हो । यसलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ । यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।

रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ । रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ । थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]