Nepa Top
century-bank

दुधकोशी नदीको पानी पम्पिङ्ग प्रणालीबाट बस्तीमा तानेपछि सोक्माटारवासी हर्षित

ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित सोक्माटारबासीको मुहारमा खुसी छाएको छ । बस्ती मुनीबाट बग्ने दुधकोशी नदीको पानी सौर्य उर्जामार्फत ‘पम्पिङ्ग’ प्रणालीबाट बस्तीसम्म ल्याएपछि गाउँवासी खुसी भएका हुन् ।

बाह्रैमास दुधकोशी नदी बगिरहने भएपनि नदी माथिको बस्ती भने सधैँ उजाड देखिन्थ्यो । स्थानीयलाई खेती गर्नुपरे आकाशको पानी कुर्नुपर्ने बाध्यता रहेको थियो । तर अहिले अवस्था फेरिएको छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ६ वटा सौर्य उर्जा मार्फत सञ्चालित पम्पिङ्ग प्रणाली जडान गरिएपछि नदीको पानी करीव ७५ मिटर माथिको गाउँसम्म तानिएको छ । पम्पिङ्ग प्रणाली मार्फत गाउँमा पानी आएपछि त्यसभेगका कृषकहरुले बाह्रैमास नगदेबालीमा व्यस्त बन्न थालेका छन् ।

दिउसो घाम लागेको समयमा सौर्य उर्जाबाट नदीको पानी खेतबारीमा आउने गरेको छ । खेती गर्नका लागि पर्याप्त पानी भएपछि आफुहरुकको दैनिकी समेत बदलिएको स्थानीय कृषक बिन्देश्वर राईको भनाई छ ।

सुर्ती खेतीका लागि पकेट क्षेत्र समेत मानिने सोक्माटारमा खडेरी परेपछि स्थानीयवासी गाउँघरमा देखिनै छाडेका थिए । तर बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा गाउँमा पानी आएपछि अहिले कृषकहरु बिभिन्न जातका तरकारीहरु उत्पादन तथा विक्रि वितरणमा व्यस्त रहेको स्थानीय शिक्षक आश्रासन राईल बताउनु हुन्छ ।

पम्पिङ्ग प्रणालीमा स्थानीयवासीको ढुवानी र प्राविधिक जडान गरी करिब एक लाख ५० हजार रुपैयाँ लगानी छ । सौर्य उर्जा पम्पिङ्ग प्रणालीबाट तानिएको पानीले सोक्माटारको करीब एक सय ५० रोपनी क्षेत्रफलको जग्गामा सिंचाई सुविधा पुगेको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]