Nepa Top
century-bank

आमाहरुलाई सम्झिने महान पर्वमा वृद्धाश्रमका आमाहरुको मन भने रुँदै

बृद्धाश्रमका आमाका आँखा मातातिर्थ औसीका दिन पनि छोराछोरी पर्खिरहे, ताते–ताते गराउँदै हिँड्न सिकाएका सन्तानद्वारा आज पनि मातृ वात्सल्यको वेवास्ता

काठमाडौँ । आमा– ममताकी खानी, पथप्रदर्शक र हरेक सुख–दुःखकी ‘मौन’ साक्षी । जसले सन्तानलाई ताते–ताते गर्दै सत्मार्गमा डो¥याउँछिन् हरपल–हरक्षण । उनै आमालाई आज श्रद्धापूर्वक स्नेह र स्मरण गरियो । तर, कतिपय सन्तान जसले मातृ वात्सल्यको वेवास्ता गरिरहेका छन् । तर, पनि आमा अझै पनि शुभाशिष दिइरहेकी छन् ।

बढ्यौली उमेर । सन्तानले स्याहार–सुसार गर्नुपर्ने बेला । तर, परिस्थितिले बृद्धाश्रम ल्याएर थन्काइदिएको छ । सन्तान जो जन्मदा रुन्छन् र आमा प्रश्रव पीडा भुलेर हाँस्छिन् । तर, जव सन्तान आफ्नै खुट्टामा उभिएर हाँस्न थाल्छन् आमाको रुने समय सुरु हुन्छ ।

सन्तानले जति नै दुत्कारे पनि, होचोहेला गरेपनि आमा ‘मन’ कहिल्यै पक्षपाति हुँदैन । चाडपर्व आउँछन् तिनै सन्तानको पिरलाले बिथोल्छ । जस्तो–आमा खुवाउने औंसीको दिन । आफू भोको बसेर सन्तालाई खुवाएका दिन, आफू लाज मात्रै ढाकेर सन्तानको आङ छिपोदिएको दिन र सन्तानको सुनौलो भविष्यका लागि हर इच्छा–चाहना त्यागेका ति दिन दिमागमा झलझली घुम्छन् । तर, परित्याक्त आमालाई सम्झेर सन्तान फर्किदैन कहिल्यै ।

नियति र परिस्थितिले जति नै टाढा पु¥याए पनि यि आमाका आँखामा सन्तान हरपल नाचिरहेका छन्, खेलिरहेका छन् । मातृ वात्सल्य कहिल्यै ‘बिटुलो’ भएको छैन् । सन्तानको पारिवारिक सुखका लागि चटक्कै घर छोडेर यहाँ आश्रम लिएका हुन् वा कार चढाएर ल्याएर छोडिदिने सन्तान नै किन नहुन्, आमा अझैं तीनै सन्तानको उन्नती–प्रगतिको कामना गरिरहेकी छन् । शुभाशीष बाँडिरहेकी छन् ।

हर दुःखलाई सहजै पचाउन सक्ने उद्भूत क्षमता, धैर्यको सीमाहीन संकल्प र सन्तानकै चोटले विक्षिप्त बनाउँदा पनि तिनैप्रतिको अनुरागबाट आमा कहिल्यै बिमुख हुँदैनन् भन्ने उदाहरण हुन् यि केही पात्र । जसले आमाको महत्वलाई थप उचाई दिँदा सन्तानको व्यवहारलाई भने कलंकित बनाएको छ । यिसहित ती सबै आमाप्रति नमन् ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]