Nepa Top
century-bank

इलाम महोत्सव समापन

इलाम। इलाम महोत्सव आज सम्पन्न भएको छ । इलाम बजारमा आयोजित तीनदिने इलाम महोत्सवको शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार उत्साहजनकरुपमा सकिएको हो ।

महोत्सवमा नागरिक अभिनन्दन, साहित्यिक, साँस्कृतिक, खेलकुदका साथै विभिन्न अन्तरक्रियात्मका कार्यक्रम भएको थियो ।

महोत्सवकाक्रममा इलामका नागरिक इतिहासविद् युद्धप्रसाद वैद्यलाई रथारोहणसहित विशिष्ठ नागरिककारुपमा अभिनन्दन गरिएको थियो ।

यसै अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षरसमेत भयो ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]