Nepa Top
century-bank

बुद्धि तामाङकाे अभिनय रहेको ‘चङ्गा’ फिल्मकाे गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडाैँ । ‘चङ्गा’ फिल्मकाे गीत ‘कम्पनी माला’ सार्वजनिक भएको छ। प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो ।

राजनराज शिवाकोटीको संगीत रहेकाे गीत राजेन्द्र थापाले लेखेका हुन् । फिल्ममा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन् ।  कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक भण्डारी आशावादी देखिएका छन् । बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिन गरेका छन् ।

फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे छन् । जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको हाे।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]