Nepa Top
century-bank

आर्थिक वर्ष ७३/७४ मा कर्मचारीले सके २१ अर्ब

काठमाडौं । सरकारले  आर्थिक वर्ष ०७३/७४ मा कर्मचारीका लागि २१ अर्ब रुपैयाँ खर्च गरेका छन् । कर्मचारीका भत्ता र अन्य सुविधामा उक्त रकम खर्चिएका हुन् ।

कर्मचारीको तलब खर्च करिब ३८ प्रतिशतले वृद्धि गरेको सरकारले अन्य सुविधामा पनि ३१ प्रतिशतले वृद्धि गर्दा खर्च बढेको हो । सरकारी कर्मचारीहरुको भ्रमणमा मात्रै एक सय १९ प्रतिशतले वृद्धि भएको छ ।

तीन शीर्षकमा प्रस्तुत गरिएको भ्रमण खर्च अन्तरगत विशिष्ट व्यक्ति र प्रतिनिधि मण्डलको भ्रमण खर्चमा भने पाचँ प्रतिशतले वृद्धि भएको हो । भ्रमण खर्च र अन्य भ्रमण खर्चमा क्रमशः एक सय २३ र एक सय ४१ प्रतिशतले वृद्धि भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वाषिर्क प्रगति मूल्यांकन प्रतिवेदन अनुसार कुल भ्रमण खर्च एक अर्ब रुपैयाँबाट वृद्धि भएर दुई अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

भत्तामा ९ अर्ब खर्च:   नौ अर्ब ५६ करोड रुपैयाँ भत्ता शीर्षकमा मात्रै  सरकारी खर्च भएको छ । अन्य भत्ता र स्थलगत भ्रमण भत्तामा सरकारले क्रमशः चार अर्ब ६९ करोड र २१ करोड रुपैयाँ खर्चिएको छ ।

औषधोपचारमा ६ अर्ब २३ करोड:  कर्मचारीले सरकारबाट ६ अर्ब २३ करोड रुपैयाँ औषधोपचारको रुपमा प्राप्त गरेका छन् । वहालवाला कर्मचारीले सरकारबाट ३५ करोड रुपैयाँ यस शीर्षकअन्तरगत बुझेका छन् भने निवृत्त हुँदा पाँच अर्ब ८७ करोड रुपैयाँ बुझेका हुन् ।

 

पोशाक र खाद्यान्नमा १६ अर्ब ९२ करोड:  १६ अर्ब ९२ करोड रुपैयाँ सरकारले कर्मचारी र सेना प्रहरीलगायतको पोशाक तथा खाद्यान्नमा  खर्च गरेको छ । सरकारले पोशाकमा ३ अर्ब १८ करोड र खाद्यान्नमा १३ अर्ब ७४ करोड खर्च गरेको छ । प्रहरी, कारागार लगायतमा समेत खाद्यान्न वापत खर्च हुने प्रवत्ता पोखरेलले उल्लेख गरे ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]