Nepa Top
century-bank

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन भ्रमणमा जाँदै

काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन जाँदै हुनुहुन्छ । मन्त्री ज्ञवालीको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन यात्राको पूर्वतयारी मानिएको छ ।तर, मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले नयाँ सरकारको विदेश नीति र प्राथमिकताको गराउन तथा आपसी हितबारे छलफल गर्न चीन जान लागेको बताउनु भयो ।

सन् २०१८ मा चीनबाट उच्चस्तरीय भ्रमण हुने दावी दोहो¥याउनु भएका मन्त्री ज्ञवाली प्रधानमन्त्री ओलीको संभावित भ्रमणबारे भने स्पष्ट पार्नु भएन । बुढीगण्डकी जलविद्युत परियोजनाबारे छलफल नगरिने स्पष्ट पार्नु भएका मन्त्री ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ्स्को सञ्चालनको प्रारुप, नेपाल–चीन क्रसबोर्डर ट्रान्समिसन लाइनका लागि सम्भावित नाकाको पहिचान र तातोपानी नाका पुनः सञ्चालनबारे छलफल हुने जानकारी दिनुभयो ।

बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने मन्त्री ज्ञवालीले चिनियाँ बुद्धिजीवीसँग हुने गोलमेच वार्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । हालसम्म तय नभए पनि मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने गरी चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्न सक्ने बताइएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]