Nepa Top
century-bank

बंगालएयरको दुर्घटनामा परी डा थापाको निधनपछि भरतपुर क्यान्सर अस्पतालमा न्यूरो सर्जरी बन्द

चितवन । बरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा नै बन्द भएको छ ।

गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा। थापाको निधन भएको थियो । डा थापा अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए ।

डा थापाको निधनपछि न्यूरोको ओपीडी बहिरंग सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी डा।बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]