Nepa Top
century-bank

सामूहिक बलात्कारको घटनालाई लिएर सोनमलाई कोएनाको गम्भीर प्रश्न

जम्मुकस्मिरको कठुआमा ८ वर्षकी बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई लिएर बलिउड सेलिब्रिटीहरुबीच यसको निन्दा तथा भत्र्सना गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

यही प्रतिस्पर्धामा मिसिदै नायिका सोनम कपुरले ट्विटरमा पोस्ट गरिन् । उनले लेखेकी थिइन्, ‘म हिन्दूस्तानी हुँ र लज्जित छु । हामीले आफ्ना बच्चाका लागि इन्साफ माग्नुपर्छ । ८ वर्षकी बालिकामाथि देवीस्थानमा सामुहिक बलात्कार गरियो ।’अभिनेत्री सोनम कपुरको यो अभिब्यक्ती प्रति फिल्म अभिनेत्री कोएना मित्रा दुःखी मात्र छैनन् उनी आक्रोशित पनि छिन् । तर, उनले यस विषयमा भइरहेको विरोधलाई लिएर अभिनेत्री सोनम कपुरसँग गम्भीर प्रश्न सोधेकी छिन् ।

कोएनाले सामाजिक सञ्जालमा फिल्म अभिनेत्री सोनमसँग प्रश्न सोध्दै भनेकी छिन्, ‘यसप्रति तपाईंको कुनै प्रतिक्रिया छ, सोनम कपुर रु तपाईंले एक जघन्य अपराधको निन्दा गर्नुभयो, जसको म सराहना गर्छु । तर, तपाईंले ‘नक्कली हिन्दू’ लेखेर यसलाई साम्प्रदायिक रूप दिनुभयो ।’

सोनमको ट्विटलाई जवाफ दिँदै कोयनाले बालिकाहरुमाथि भएको बलत्कारको केही आँकडा सामाजिक सञ्जालमा सेयर गरेकी छिन् र त्यसमा सोनमलाई ट्याग गर्दै सोधेकी छिन्, ‘कुनै प्रतिक्रिया रु तपाईंले एउटा घृणित अपराधको विरुद्धमा आवाज उठाउनुभयो जुन राम्रो कुरा हो । तर, यसलाई तपाईंले साम्प्रदायिक ट्वीस्ट दिनुभयो ।

उनले सुझाब दिँदै भनेकी छिन्, ‘तपाईंले यस्ता घटनाहरूको निन्दा सबै अपराधमा गर्नुपर्छ । तपाईं यो यौन दुराचारको घटनामा पूरै धर्मलाई कसरी दोष दिन सक्नुहुन्छ रु यी सबै पीडित हाम्रै हुन् ।’







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]