Nepa Top
century-bank

स्वेच्छिक अवकाश रोके कानून उल्लंघन : कर्मचारी संगठन (भिडियोसहित)

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले सरकार कानून उल्लंघन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

कर्मचारी समायोजन विधेयक अन्र्तगत स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिने भनेर सरकारले कानून उल्लंघन गरेको बताएका हुन् ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कुरा गर्दै वरिष्ठ उपाध्यक्ष कोइराराले अवकाश रोजेका कर्मचारीलाई रोक्ने अधिकार सरकारसँग नभएको समेत जिकिर गरे ।

कर्मचारी समायोजन ऐन–२०७४ अनुसार अवकाशका लागि आवेदन दिएका कर्मचारी काममा फर्कन नमिल्ने भन्दै अवकाश नदिने भनेर सरकारले कानून उलंघन गर्न नमिल्ने बताएका हुन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]