Nepa Top
century-bank

तीन महिनामा तीन लाख पर्यटक भित्रिए, सबैभन्दा बढी चीनबाट

काठमाडौं । सन् २०१८ को पहिलो ३ महिनामा करीब ३ लाख पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा हवाई मार्गबाट सबैभन्दा बढी २ लाख १६ हजार ८ सय ६६ र स्थलमार्गबाट ६९ हजार ८ सय ६६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यो संख्या सन् २०१७ को यही अवधिको तुलनामा करीब ३३ हजारले बढी हो । सन् २०१७ मा झण्डै १० लाख पर्यटकले नेपाल भ्रमण गरेकोमा गतवर्ष यो अवधिमा २ लाख ५३ हजार ९ सय ८४ जनाले नेपाल भ्रमण गरेका थिए ।

अध्यागन विभागले जानकारी दिएअनुसार सन् २०१८ को जनवरीमा हवाई मार्गबाट ५७ हजार ५ सय ५५ पर्यटक नेपाल आएका छन् । त्यसैगरी फेब्रुअरीमा ६६ हजार १ सय ८५ र मार्चमा ९३ हजार २ सय ५८ जना पर्यटक हवाईमार्गबाट भित्रिएका छन् । यस्तै, मुलुकका विभिन्न सीमानाकाबाट गरी स्थलमार्ग हँुदै कुल ६९ हजार ८ सय ६६ जना पर्यटक नेपाल
भ्रमणमा आएको विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिमा नेपाल घुम्न आउने विदेशी पर्यटकमा  सबैभन्दा बढी चिनियाँ पर्यटक रहेका छन् भने दाेस्राेमा भारतीय रहेका छन्। ३ महिनामा चीनबाट र भारतबाट ४०/४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । स्थलमार्गबाट आउने चिनियाँको रेकर्ड भए पनि भारतीयको भने यकिन रेकर्ड छैन । सीमावर्ती क्षेत्रबाट भारतीयहरु समेत ठूलो सङ्ख्यामा पर्यटक नेपाल आउने गर्छन् ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]