Nepa Top
century-bank

मिना राईको ‘डिम्पल मायालु’ सार्वजनिक, हेर्नुस् (भिडियोसहित)

काठमाडौं ।  नयाँ वर्ष २०७५ सालको पहिलो दिन गायिका मिना राईको “डिम्पल मायालु” गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएका  छन्  । गीत सुम्निमा क्रिएसन यूट्युबमार्फत दिन गाउँले इन्टरटेनमेनट कक्षबाट सार्वजनिक गरिएको हो ।

“डिम्पल मायालु” गीतमा वीन ब्रो लक्षुमण गुरुङको शब्द तथा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहेको छ भने  गायिका राईले स्वर दिएकी हुन् । भर्जिन भोइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज धिरज श्रेष्ठले गरेका छन् ।

गायिका मिना राई, छमछमी सिजन ३ की फष्ट रनरअप मनिता राई र रुपकराज राईले मोडलिङ रहेको म्यूजिक भिडियोको छिरिङ लामा ह्वोल्मो र देबराज गुरुङ निर्देशन गरेका हुन् भने विक्रम गौतमले श्रृंगार गरेका छन् । भिडियो सुटिङ धुलिखेलमा गरिएको हो । उक्त म्यूजिक भिडियोको इडिटिङ भिडियो एडिटर गंगाराम राईले गरेको  हो ।

गायिका राईले सबैको सदासयता र मायाले गर्दा नयाँ वर्षको रुपमा कोशेलीको रुपमा “डिम्पल मायालु” ल्याउन सफल भएको बताइन् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]