Nepa Top
century-bank

फिल्म ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक , हेर्नुस् (भिडियोसहित)

काठमाडौं  । फिल्म ‘‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरेका छन् । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजन गरी सार्वजनिक गरिएको हो ।

निर्देशक मिलन चाम्सद्धारा निर्देशित फिल्म ‘‘ह्याप्पी डेज’ मा कमेडी, प्रेम र केही द्धन्दका दृश्यहरु समावेश छन् । लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय छ । बिपी ढकालको प्रस्तुतीमा बनेको फिल्मलाई बिपीको साथमा भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्सन निर्माताको रुपमा छन् ।

यम थापाले कथा लेखेको चलचित्रमा सम्राट बस्नेतको द्धन्द, तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । बैशाख १४ गते प्रदर्शन हुने समय तोकिएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]