Nepa Top
century-bank

सेमि–अनलाइन, इमेल, एसएमएस र मोबाइलबाट सेयर कारोबार सुरु

  • छविलाल बगाले

काठमाडौँ । आजदेखि सेमि–अनलाइन, इमेल, एसएमएस र मोवाइलबाट सेयर कारोबार सुरु भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आजदेखि सेमि–अनलाइनमार्फत सेयर कारोबार सुरु गर्न लागिएको हो ।

लगानीकर्तालाई सेयर खरिदबिक्रीको लागि ब्रोक्रर कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो सुविधा ल्याइएको हो । हाल प्रयोगमा रहेको ब्रोकर व्याक अफिस सफ्टवेयरमा सुधार गर्दै इन्टरनेटबाटै खरिद बिक्री सकिने सुविधा समावेश गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

लगानीकर्ताले ब्रोकर व्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र पत्रको खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिने व्यवस्था उक्त सफ्टवेयरमा रहेको छ । हाल लगानीकर्ताले शेयर खरिद बिक्री गर्नुपरेमा ब्रोकर कार्यालयमा प्रत्यक्ष उपस्थित हुनु पर्ने वा फोनबाट आदेश दिने गरेका छन् । यो व्यवस्थाले धितोपत्रको कारोबार प्रक्रिया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित हुने वोर्डको अपेक्षा छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]