Nepa Top
century-bank

अमेरिकाले सुरु गर्‍यो सिरियामा मिसाइल आक्रमण, फ्रान्स र ब्रिटेनको पनि साथ

काठमाडौं । सिरियामा अमेरिकाले मिसाइल आक्रमण सुरु गरेको छ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।

अमेरिकाको सैन्य हमलामा फ्रान्स र ब्रिटेनले पनि साथ दिएका छन् । ट्रम्पले दुई देशको सहयोगमा सिरियामा क्षेप्यास्त्र हमलाको अनुमति दिएको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामा बल प्रयोग गर्नुको कुनै विकल्प नभएकाले आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ ।

सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।

सिरियाली सरकारले रसायनीक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका र उसका सहयोगी देशले त्यसमा रोक लगाउन रसायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गर्नुपरेको जिकिर गरेका छन् । तर रुसले भने सिरियाली सरकारलाई सहयोग गर्दै आएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]