Nepa Top
century-bank

को हुन् सर्वेन्द्र खनाल ? खनाललाई आइजीपीसम्म पुर्याउने उहाँका चर्चित कामहरु यस्ता छन्

  • नविन राई

काडमाडौँ । सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

२०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका खनालले रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै आइजीपीमा नियुक्ति हुनु भएको हो ।

२०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभएको थियो । प्रहरी सेवामा भर्ना हुँदा उहाँ एक नम्बरमा उत्तीर्ण हुनु भएको थियो । उहाँले जनप्रशासनमा स्नातकोत्तर (एमपीए) गर्नु भएको छ ।

‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिनु भएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख बन्नु भएको थियो । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर समेत गर्नु भएको थियो ।

एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका गर्नु भएको थियो । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गर्नु भएको थियो ।

सफलताको उचाइमा पुर्याउने उहाँका चर्चित कामहरु

मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर

खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर थियो । जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उहाँको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए ।

जमिम शाहको हत्यारा पक्राउ

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिनु भएको थियो । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गर्नु भएको छ ।

निर्मम हत्याकाण्डको पर्दाफास

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उहाँले नै गर्नु भएको थियो । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।

फुटबल म्याच फिक्सिङ

उहाँको दोस्रो ठूलो सफलता पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन थियो । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । यो सफलतापछि उहाँ हाइ हाइ नै हुनु भयो।

नाकाबन्दीमा सहजीकरण

नाकाबन्दीमा कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव पनि सर्वेन्द्रलाई पनि छाड्नु भएन। लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाउनु भएको थियो ।

अवैध कन्सलटेन्सीहरुमाथि कारवाही

अवैध धन्दा गर्ने कन्सलटेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उहाँले कारवाही अगाडी बढाउनु भयो । यसरी छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।

युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालक पक्राउ

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे। अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए ।

सम्बेदनशिल एवं चुनौतिपूर्ण  कमाण्ड

जनकपुर, पर्सा लगायतका तराइका नमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उहाँले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गर्नु भयो । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उहाँ भारतको समेत पुरस्कार पाउनु भयो । उनले नेतृत्व समालेपछि अपराध महाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गर्नु भएको थियो ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]