Nepa Top
century-bank

चालु आर्थिक वर्षको सात महिनामा नेपाललाई ६ खर्ब १४ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको सात महिनामा मात्र ६ खर्ब १४ अर्बको व्यापार घाटा, आयात प्रतिस्थापन गर्ने सरकारी नीति बिफल भएको संकेत

काठमाडौँ । नेपालमा बैदेशिक व्यापारको स्थिति निकै भयावह अवस्थामा पुगेको छ । चालु आर्थिक बर्षको सात महिनामा मात्रै व्यापार घाटा ६ खर्ब १४ अर्ब पुगेको हो । जसमध्ये ६६ प्रतिशत घाटा त भारतसँग मात्रै छ । जुन अर्थतन्त्रका लागि निकै नकारात्मक सन्देश हो ।

चालु आर्थिक बर्षको सात महिनामा मात्रै नेपालमा बैदेशिक व्यापार घाटा ६ खर्ब १४ करोड पुगेको छ । पछिल्लो समय समग्र नेपाली अर्थतन्त्र आयातमुखी बन्दै गएका कारण नेपालसँगको व्यापार घाटा बढ्दै गएको हो । दैनिक उपभोग्य र विलासिताका सामग्रीहरूको आयात उच्च र निर्यातको दर न्युन भएकोले व्यापार घाटा चुलिदै गएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार बस्तु निर्यातले आयातको ७ प्रतिशत मात्र धान्न सकेको र आयातमा भएको बृद्धिको तुलनामा निर्यातको बृद्धि निकै कम छ ।

नेपालको वैदेशिक व्यापार भारतसँग कुल व्यापारको ६४ दशमलव ८ प्रतिशत केन्द्रित र भारतसँगको कुल व्यापार घाटाको ६६ प्रतिशत रहेको छ । नेपालमा उल्लेख्य संरचनाको कमी, वस्तु उत्पादनमा कमी, निर्यातमा कमजोर अवस्था, देशगत र वस्तुगत आधारमा व्यापारलाई विविधिकरण गर्न नसकेका कारण बर्षेनी व्यापार घाटा चुलिदैं गएको हो ।

हालसम्मको तथ्यांकअनुसार यो वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघ्ने निश्चित भएको छ । चालु आवको प्रथम ७ महिनामा ६ खर्ब ६१ अर्बको सामग्रीहरू आयात गरिएको अर्थमन्न्त्रालयले जनाएको छ । चालु आवमा कुल आयातको सबैभन्दा बढि १५ प्रतिशत इन्धन, १४ प्रतिशत कृषिजन्य सामाग्री, १२ प्रतिशत सवारी, सुनचाँदी ५ र विद्युत आयातको भुक्तानी १ प्रतिशतभन्दा बढि रहेको छ ।

निर्यात वृद्धिदर कम र आयात वृद्धिदर भने ठूलै अनुपातमा बढ्दै गएको देखिन्छ । यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम बिफल हुँदै गएको देखिन्छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले नेपालमा बर्षेनी व्यापार घाटा चुलिँदै गएको हो ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]