Nepa Top
century-bank

वर्षालाई फ्यानको चिठ्ठी प्यारी गोलुमोलु ज्यान नघटाउ(पत्र सहित)

चलचित्रमा आफ्नो शुन्दरता कायम राख्न र फ्यान फलोइङ नघटोस् भन्न नायीकाहरु बिशेष गरी हेल्थ कन्सीयस हुन्छन् ।यस्तैमा नायीका वर्षा राउत पनि केही मोटी देखीएको कारण फिट हुने अनेक उपाय गर्दै छिन् । उनी आफ्नो फिगर मेन्टेन गर्न डाइटिङ, व्यायाम अनेक गरिरहेकी छिन् ।

वर्षाले तौल घटाउनका लागि मेहनेत गर्दै गर्दा उनका एक प्रशंसकले भने उनी मोटी हुँदा नै आकर्षक र राम्री देखिएको सुझाव दिएका छन् सुरेश बडाल नाम गरेका फ्यानले फेसबुकमा वर्षालाई नदुब्लाउन आग्रह गर्दै पत्र नै लेखेका छन् जसमा उनले
वर्षालाई गोलुमोलु’ भनेर सम्वोधन गरेका छन् ।उनको पत्र यस्तो रहेको छ-

मेरी मोटुलाई !

चिन्ता लिनैपर्दैन

तनावले सुकेर मर्नैपर्दैन

पेट खाली राखेर

डाइटिङ गर्नैपर्दैन

मेरी प्यारी गोलुमोलु मोटु

तिमी यत्तिकै ठिक छौ नि

तिम्लाई दुब्लाउनै पर्दैन !

मरन्च्याँसी, खिनाउरी

हावाले नै उडाउलाजस्ती

यस्ती-यस्ती केटी देख्दा दिक्क लाग्छ

बरू मेरी गोलुमोलु नै

मलाई त Åस्टपुस्ट र ठिक्क लाग्छ

जिउ त खादिलो हुनुपर्छ

पुक्क परेका गाला

र अनुहार हासिलो हुनुपर्छ !

स्याप्प दुब्लाएका अनुहारहरू त

चाउरिएजस्तै लाग्छ

स्लीम बन्छु भन्नेहरू देख्दा त

करंग भाटा दाउरिएजस्तै लाग्छ !

खै मायापिरिमले गर्दा मात्र हो कि

साँच्चि नै यस्तै हो कुन्नि

मलाई त हजारचोटि हेरे पनि

हजारैचोटि मनपर्छ

आाखा, नाक अनि नाकैमुनिको

कोठि मनपर्छ

अरूलाई जस्तोसुकै लागोस

बालै भएन

मलाई त मेरै मोटी मन पर्छ !

मेरी गोलुमोलु

मन लागेको नछोड, खाइदेउ

पाइन्ट र वान पिस नसुहाउला

बरू कुर्ता-सुरूवाल नै

चिटिक्क पारेर लाइदेउ

तिम्ले डर मान्नै पर्दैन

मैले अन्त आाखा लगाउला कि भन्ने

ठान्नै पर्दैन

चिन्ता नलिनु

बरू स्वास्थ्यमा ध्यान दिनु

अरू केही गर्नै पर्दैन

ठिक्क छौ प्यारी

तिम्ले दुब्लाउनै पर्दैन !

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]