Nepa Top
century-bank

राष्ट्रिय टेलिभिजन च्यानलहरुमा पल र आँचलको नाचदेखी जितु र केदारको कमेडीसम्म

काठमाडौं । ‘लक्स कामना फिल्म अवार्डस् २०७४’ गत माघ १६ गते सम्पन्न भएको हो । कामना सिने मासिकको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्द्धारा सिजी इन्टरटेनमेन्टको सहयकार्यमा आयोजित तेस्रो संस्करणको अवार्ड समारोह दिनभर शनिबार राष्ट्रिय टेलिभिजन च्यानलहरुमा हेर्न पाईने भएको छ ।

‘लक्स कामना फिल्म अवार्डस् २०७४’ बिहान ११ बजे हिमालय टेलिभिजन, अपरान्ह १ बजे नेपाल टेलिभिजन, अपरान्ह साँढे २ बजे न्यूज २४ र राती ८ बजे टिभी फिल्मीमा प्रसारण हुनेछ । आर्मी अफिसर्स क्लबको सभा मण्डपमा भरिभराउन कलाकर्मीका बिच सम्पन्न यस वर्षको ‘लक्स कामना फिल्म अवार्डस् २०७४’ सरप्राइज नै सरप्राइजको प्याकेज बनेको थियो ।

स्वर सम्राट नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्दै शुरु गरिएको समारोहमा गायक रामकृष्ण ढकालले २०४५ सालमा आयोजित नारायणगोपालको स्वर्णिम सन्ध्याको झल्को दिँदै सोही कार्यक्रमको मञ्ज सज्जाका साथ नारायणगोपालकै भेषमा प्रस्तुत भई उनका गीतहरु प्रस्तुत गरेका थिए । उनलाई गायिका जूना प्रसाईंले साथ दिएकी थिइन् ।

समारोहमा जितु नेपाल नाटकीयरुपमा दर्शकदिर्घाबाट मञ्चमा प्रवेश गर्दै हस्यौली र कार्यक्रम प्रस्तोतका रुपमा प्रस्तुत भएका थिए भने केदार घिमिरे र सिता घिमिरेको जोडीले प्रहसन प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए । कार्यक्रम सञ्चालकद्धय नरेश भट्टराई र मिस नेपाल २००५ सुगरिका केसीले पनि नाटकीय र रोचक रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । त्यसमा अभिनेता सुुनिल थापासमेत थपिएका थिए ।

नायिका केकी अधिकारीले विनोद न्यौपाने र राजाराम पौडेलका साथ समूह बनाएर आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने भने दिपाशा बिसीले रमेश थापाका साथ आइटम डान्स गरेर माहौल तताएकी थिइन् । त्यसै गरी पल शाह, आँचल शर्मा, प्रियंका कार्की, सुमन गिरी र दीपाश्री निरौलाले अर्को समूहमा बाँधिएर दर्शक तताएका थिए ।

प्रस्तुतिको अन्त्यमा नायिका प्रियंका कार्कीले पुरुष भेषमा प्रस्तुत भएर सरप्राइज दिएकी थिइन् भने दर्शक दिर्घामा पुगेर नृत्य गरेर समारोहलाई थप रोचक बनाएकी थिइन् । सबै नृत्यको कोरियोग्राफी कविराज गहतराजले गरेका थिए ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]