Nepa Top
century-bank

कि न्याय, कि त मृत्यु माग्छिन् गंगामाया । कसरी खाने यस्तो ठांउको मासु ? ५० रुपैयाँ पनि घुस !

न्यायाधीशका लागि गंगामायाको यस्तो सन्देश, ‘कि मर्न देउ कि न्याय देउ’

काठमाडौं । सशस्त्र द्धन्दमा तत्कालीन विद्रोही पक्ष माओवादीको अपहरणपछि २०६१ जेठ २४ मा हत्या भएका गोरखा भुजेलका १७ बर्षीय कृष्णप्रसाद अधिकारीका विषयमा अझै न्यायिक निरुपण भएको छैन् ।

न्यायको लडाँईमै कृष्णप्रसाद अधिकारीका बाबु नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते सत्याग्रकै क्रममा प्राण पखेरु उड्यो भने आमा गंगामाया अधिकार अहिले पनि वीर अस्पतालको ७ नं क्याबीनमा सत्याग्रमा छिन् ।

छोराको हत्यारालाई कारबाही गराउँनका लागि उनी नपुगेको कुनै निकाय छैन, नभेटेको कोही छैन । अहिले उनलाई नेपालको काुनन पालना गराउने निकाय देखि राज्य माथि नै शंका छ ।

शव जिम्मा लिने काही नभएपछि नन्दप्रसादको शब अहिले पनि महाराजगञ्ज स्थीत शिक्षण अस्पतालमा थन्किएको छ । छोराका हत्यारालाई कारवाहीको माग गर्दै सत्याग्र सुरु गर्नु पुर्व नै उनीहरुले दृढसंकल्प गरेका थिए की हत्यारालाई कारवाही नहुँदासम्म सत्याग्रह नछोड्ने ।

कृष्णप्रसादको हत्या भए लगत्तै गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीले प्रहरीमा जाहेरी दिएपनि २०६२ सालमा उनका जेठा छोरा नुर प्रसाद अधिकारीले १३ जना विरुद्ध किटानी जाहेरी दिएपछि मात्रै मुद्धा सुरु भएको थियो ।

उनको मुद्धा सर्वोच्चमा पुगेको २ बर्ष भयो अहिले सम्म २० पटक पेशी सरिसक्यो । पछिल्लो पटक छोराको हत्याका प्रमुख आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि हिरासतमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना होस् भन्ने उनको प्रमुख माग हो । सर्वोच्चको २०७२ पुस ६ गतेको आदेश सरकारले अहिलेसम्म पालना गरेको छैन ।

गंगा माया भन्छिन् यो न्याय नदिने संकेत हो । सर्वोच्च अदालतसँग उनको भनाई यति छ कि मर्न देउ कि न्याय देउ । फैसला गर्ने न्यायाधिशका लागि यस्तो सन्देश छ गंगामायांको ।

१७ बर्षको उमेरमा चल्दै गर्दा हत्याभएका छोराका तस्वीर हेर्दै भक्कानीने गंगामाया का जेठा छोरा पनि ४ बर्षदेखि सम्पर्क विहिन छन् ।
हत्यारा यहि हो भन्ने हुँदा हुदै पनि सिंगो राज्यले नै हत्याराको बचाउ गरेको उनको आरोप छ ।

आफ्नो छोराको हत्यारालाई कारवाही गर भन्दै एउटी आमा १३ बर्षदेखि न्यायको भिख मागिरहेकी छिन् । पटक पटक राज्यले उनलाई झुक्काइरहेको छ । र यहाँ कानुनी राज्यको आभास कसरी गर्ने ?

काठमाडौंको बधशालाको अवस्था

काठमाडौं । उपत्यकामा दैनिक ठुलो मात्रामा राँगा भैँसीको मासु खपत हुन्छ । अर्थात हामीले खान्छौँ । तर हामीले खाइरहेको मासुको कस्तो बदशालाबाट आइरहेको छ हामीले कहिल्यै सोच्ने फुर्सदनै पाउँदैनौ ।

यो काठमाडौ चन्द्रागिरी नगरपालिका ११ सतुङ्गल बलम्बुस्थीत प्रहरी प्रभाग बलम्बुको कार्यालय अगाडी रहेको बधशालाको दृश्य हो । यहाँ दैनिक ४/५ ओटा राँगा भैसी काटिन्छन् ।

यहाँ एक जना व्यक्ति मासु काटिरहेका छन् । बन्द सटरमा हामीले खाने मासु यसरी उत्पादन हुँदैछ ।यो बधशालाबाट कुन कुन मासु पसलमा मासु सप्लाई हुन्छ भन्ने जानकारी नभएपनि सरकारी निकायबाट पटक पटक मन्त्रीहरु नै अनुगमनका लागि पुगीसकेका रहेछन् । तर उनीहरु आउने जाने बाहेक केही भएन ।

मासु खान अयोग्य भएको र स्वास्थयमा असर गर्ने उनीहरु नै स्वीकार्छन् तर बधशालाको सरसफाई भने गर्दैनन् । यो एक प्रतिनिधि बधशाला मात्रै हो । काठमाडौंका अधिकांश बदशालाको अवस्था यस्तै र यो भन्दा विजोग छ ।

भैरहवा भन्सार कार्यालयको पर्दाफाँसः सेवाग्राहीसँग ५० रुपैयाँ घुस माग्दै कर्मचारी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक सरकारी कर्मचारीले सेवाग्राही सँग ५० रुपैयाँ लिएको भिडियो भाइरल भएको छ ।
भैरहवा भन्सार कार्यालयको यो भिडियोको बिषयमा हाम्रा धेरै दर्शकले चासो राखेपछि भैरहवा स्थीत हाम्रा टिभी जर्नलिष्ट सरीना मरासैनीले थप अनुशन्धान गरेकी छन् ।

भिडियोमा फारम भरेको भन्दै ५० रुपैयाँ माग्ने कर्मचारी भैरहवा भन्सार कार्यालय बेलहियाकी नायब सुब्बा गंगा कुमारी हरिजन हुन् ।
खासमा फाल्गुन २९ गते नेपाल प्रहरीका एक जवान भारतीय गाडी नेपाल प्रवेश गराउने अनुमति लिनका लागि भन्सार कार्यालय पुगेका थिए । कार्यालयबाट निशुल्क पाइने फारम लिँदा नासुु गंगा कुमारी हरीजनले पैसा माग्न थालिन् ।

यस पछि प्रहरी जवानले गोप्य रुपमा भिडियो रेकर्ड गरे र १० रुपैयाँ दिए । तर १० रुपैयाँ दिँदा हरीजनले उल्टो थर्काइन । फारमको ५० रुपैयाँ मागिन् ।

भारतीय नम्वर प्लेटका सवारी साधानले नेपाल छिर्दा ४ सय ५२ रुपयां राजश्व तिर्नु पर्ने हुन्छ । यहां त खाली रसिदका लागि पनि ५० रुपैयाँ लिदै आईएको रहेछ । हाम्रो टिम शनिवार भन्सार कार्यालय पुग्दा भने पैसा उठाउन बन्द गरिएको थियो ।

सबै कर्मचारीहरु आफ्नो स्थानमा बसेर काम गरिरहेका थिए । यसरी कार्यालय प्रमुख भुपाल राज शाक्यका अनुसार यसरी पैसा नउठाउने भने पनि कर्मचारीहरुले उठाउँदै आएका थिए ।

भन्सार कार्यालका कर्मचारीहरु बर्षाै देखि कोठा कोठामा सेवाग्राहीसँग अवैध पैसा उठाउँदै आएका थिए । अनावश्यक रुपमा पैसा मागिएको यो भिडियो सार्वजनिक भएपछि भने कर्मचारीहरु सतर्क भएका छन् ।

दैलेख जिल्लाका जनप्रतिनिधिहरु १० लाख लिएर भ्रमणमा

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको टोली स्थिानिय संरचना सञ्चालन पशुपालानको विषयमा अध्यन गर्ने भन्दै १ हप्ताको भ्रमणमा निस्किएका छन् ।

१० लाख रुपैयाँको बजेट छुट्याएर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा निस्किएपछि स्थानियहरुले उनिहरुको चर्काे विराध गरेका छन् ।

भ्रमण स्थानिय संरचना सञ्चालन र कृषिका विषयमा सिक्न भनेपछि भ्रमण टोलीका सदस्यहरु भने दार्र्जिलिङ्ग पुगेका सेल्फी खिचेका थिए ।

स्थानियहरु भने जिल्लाका स्वास्थ चौकीमा जिवनजल छैन, धारामा शुद्ध पिउने पानि छैन्, सडक छैन्, विजुली छैन, यस्तोमा १० लाख रुपैयाँ खर्च गरी भ्रमण गरेको भन्दै आलोचना गरिरहेका छन् ।

यस अघि ताप्लेजुङका जिल्ला शिक्षा अधिकारीसहित स्थानिय प्रतिनीधिहरुको टोली सामुदायीक स्कुलहरुका वारे अध्यनग गर्ने भन्दै १० लाख रुपैयाँ बजेट छट्याई भ्रमणमा निश्किएको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]