Nepa Top
century-bank

आफुसंग बिहे गर्न नमानेपछि यसरी तातो घ्यु खनाईयो, घुस लिनु सामान्य हो भन्छन् बिरगञ्जका प्रहरी !(भिडियो सहित)

कर्मचारीले ७५ बर्षिया बृद्धाको नागरिता सच्चाउँन २ महिना झुलाएर भने, ‘बाबुको परिचय खुलेन’

काठमाडौं । काठमाडौ तारकेश्वरकी ७५ बर्षीया उजेली सार्की आफ्नो नागरिकतामा विवरण सच्याउन २ महिना देखि काठमडौं जिल्ला प्रसाशन कार्यालय धाउँदा धाउँदा आजीत भएपछि हाम्रो कार्यालय खोज्दै आईपुगिन् ।

२०६३ सालमा नागरिता वितरण गर्ने घुम्ती टोलीले उनलाई टोलमै पुगेर ६४ बर्षंको उमेरमा नेपाली नागरिकताको परिचय पत्र दियो । कास्की भरत पोखरी माइती घर भएकी उनलाई बाबुको नागरिकता साथमा नभएपछि तत्कालीन नागरिकता वितरण गर्ने टोलीले बाबुको परिचय नखुलेको उल्लेख गरीदिए ।

माइती पक्षमा सम्पत्तीको हक दाबी गर्ने कोही नभएपछि उनको नाममा ल्याउनका लागि अहिले नागरिकता नै समस्या बनेको छ ।
नागरिकतामा बाबुको नाम उल्लेख नभएपछि अहिले विवरण सच्याई बाबुको नाम आफ्नो नागरिकतामा उल्लेख गर्न उनी २ महिना देखि कहिले तारकेश्वर नगरपालिका, कहिले पोखरा लेखनाथ नगरपालिका त कहिले जिल्ला प्रसाशन कार्यालय काठमाडौं धाउँदै बितेको छ ।
काठमाडौं जिल्ला प्रसाशन कार्यालय न उनलाई नागरिकता दिन्न भन्छ, न यो पुगेन भन्छ न नागरिकता दिन्छ । पोखरा लेखनाथ महानगरपालिका ३३ नं. वडा कार्यालयले नजिकका ५ जनाको सर्जीमिन गराई यनका बाजेको नाम झपे सार्की र बाबुको नाम जैमने सार्की रहेको खुलाएर दिएको छ ।

तारकेश्वर नगरपालिकाले पनि उनलाई नागरिकताको विवरण सच्याउन सिफारीस दिएको छ । उजेली सार्कीसँग आवश्यक सबै कागजपत्र छन् तर पनि जिल्ला प्रसाशन कार्यालय काठमाडौंका शाखा अधिकृत देखि सहायक प्रमुख जिल्ला अधिकारीलाई उनीहरुलाई अल्झाइरहेका छन् ।

सम्पुर्ण कागजपत्र मिलिसक्दा पनि लामो समयसम्म कार्यालयका कर्मचारी अल्झाइरहेकी उजेली सार्की एक प्रतिनीधी पात्र मात्रै हुन । काठमाडौ जिल्ला प्रसाशन कार्यालयमा धेरै नागरीकले कर्मचारीकै कारण सास्ती भोगिरहेका छन् ।

वीरगंञ्ज भन्सारमा खुलेआम घुस लिएपछि सुरक्षाकर्मी र कर्मचारीहरु भन्छन्, ‘पैसा लिने कुरा सामान्य हो’

काठमाडौं । नेपालको प्रमुख नाका वीरगंज भन्सारको मुलगेटबाटै भारतबाट तस्करी गरी सामानहरु नेपाल भित्राईन्छ । जसमा प्रहरीको महत्वपुर्ण भुमिका हुने गर्दछ ।

यो सबै दृश्य कैद गर्न हाम्रा टिमले एक जना व्यक्ति नरेन्द्र देवप्रसाद कुर्मीले खटायो । विरगञ्ज भन्सार नजिक रजत जयन्ती चोकमा प्रहरीले व्यापारीसंग पैसा लिएको दृश्यम पनि कैद भयो ।

तर प्रहरीले आफ्ना हाकिमले उनको मोवाईल कब्जामा लिन भनेको भन्दै उनिहरुले नरेन्द्रको मोवाइल कब्जामा लिए । त्यती मात्र होईन स्थानिय पत्रिकामा काम समेत काम गर्ने नरेन्द्रको मोबाईलका सवै भिडियो डिलिट गरिए ।

प्रहरी सहायक निरिक्षक सुरेश झा त पैसा लिन कुरा सामान्य हो भन्छन् । उनी भन्छन् पैसा उठाईन्छ भन्ने त सवैलाई थाहा छ । किन भिडियो डिलिट गरेको भनि सोधेपछि झा खित्का छोडेर हाँस्छन ।

सिमामा पोके व्यापारीहरुसंग सधै यसरी नै पैसा उठाउने गरिन्छ । सिमामा अस्थाई प्रहरी चाकीका इन्र्चाज प्रहरी नायब निरिक्षक विनोद मल्लिकले खटाएको प्रहरी टोलिले त्यसरी पोके तस्करहरुसंग रकम असुल गर्दै थिए ।

जो महिनावारी पैसा बुझाउँछन् उनिहरुको सामान चेक नै गरिदैन् । पैसा तिरेपछि सजिलै छाड्ने गरेको भारतबाट नेपाल सामान ल्याउने ट्रक चालकहरु बताउँछन् । यो मात्र होईन ट्राफिक प्रहरीले ओभरलोड गरेको भन्दै जरिवाना गर्ने ५ सयको रसिद काटी २ हजार सम्म लिनेगरेको ट्रक चालहरु बताउँछन् ।

भन्सार, सुरक्षा र ट्राफिक नियमका बहानामा प्रहरीले ज्यादती गर्ने गरेको ट्रक ड्राईभरहरुको भनाई छ । उता भारतमा समान खरीद गर्न जाने नेपालीहरुसंग भारती प्रहरी र सिमा सुरक्षा बल एसएसपीले दुव्र्यावहार र पैसा उठाउने गरेको छ । जसका कारण सिमा क्षेत्रमा र्दुइ देश विचको सम्बन्ध राम्रो हुदैन् ।

बिवाह गर्न नमानेको भन्दै युवती माथि तताएको घ्यु खान्याईयो

काठमाडौं । महिला माथि दिनहु विभिन्न वाहानामा हिंसा हुने गदर्छन् । केही दिन अघि मात्रै बोक्सीको आरोप कथित बाबा बाट निर्घाट कुटीएकी कैलालीको राधा चौधरीको घटना सेलाउन नपाउँदै कञ्चनपुर भिमदत्त नगरपालिका ५ बनखेतकी सुनिता चन्दलाई बिहेको प्रस्ताव अस्वीकार गरेको भन्दै राकेश चन्दले तातो घ्यु खनाइदिएका छन् ।

राधाका बारे रिपोर्टिङ गरेर काठमाकौंै फर्किदै गर्दा सुनिता चन्द मुहारमा घ्यु खान्याईको सुचना पाएपछि हाम्रो टिम उनलाई उपचारका लागि ल्याएको गेटा आखां अस्पता पुग्यो ।

आँफुसँग विहे गर्न प्र्रस्ताव गर्दा नमानेपछि आफ्नो मुहारमा घ्यु खनाइदिएको पिडित युवतीको भनाइ छ ।
सुनिताको मुहारमा घ्यु खनाउने राकेश चन्द भागेर भारत पुगेका छन् ।

राकेश चन्दलाई भारत भगाउने भिमदत्त नगरपालिका १० का ३० बर्षीय रमेशदत्त भट्ट भने पक्राउ परेका छन् । पिडित युवती सुनिता चन्दको आँखामा केही सुधार भैरहेको उपचारमा संलग्न गेटा आँखा अस्पतालका नेत्र चिकित्सक डा. अनिश मानन्धरले बताएका छन् ।

उनले सुनिताको आँखा सुन्निएका कारण औषधी राखेर उपचार गरिरहेको र केही दिनभित्रमै आँखाको शल्यक्रिया गरिने बताएका छन् ।डा. मानन्धरले सुनिताको आँखाभित्रको सेतो भागमा कोतरिएजस्तो देखिएको भएपनि आँखाको नानीमा भने कुनै समस्या नरहेको बताए ।

भुकम्प पीडितले घर बनाउन अनेक झमेला

काठमाडौं । भूकम्प गएको तिन बर्ष पुग्न लाग्दा पनि धेरै भुकम्प पीडितहरु अझै जस्ता मुनि नै छन् । कतिपयको आर्थिक अवस्था कमजोर भएर घर बनाउन सकिरहेका छैनन् भने कतिपयका सरकारी नीति नियम देखि छरछिमेकीकै कारण घर बनाउन पाएका छैनन् ।

ललितपुर महालक्ष्मी नगरपालिका सिद्धीपुरकी कृष्णमाया महर्जनले आफ्नै घर बनाउन पाएकी छैन । कारण उनका छिमेकी अर्जुन नेमकुल, कृष्ण नेमकुल र मदन नेमकुलको घर जिर्ण अवस्थमा छ ।

सँगै जोडिएको घर भएकाले कृष्णमायाको घरको भत्काउँदा नेमकुल परिवारको घर भत्किने भएपछि दुबै घर सँगै भत्काउनु पर्छ । तर अहिले नेमकुल परिवारले उक्तघर भत्काउन सहमत छैन ।

छिमेक सहमत नभएपछि शारीरिक अपाङगता भएका कृष्णमायाका श्रीमान श्याम कृष्ण महर्जन यो गुनासो बोकेर अहिले सरोकारवालासँग धाउँदा धाउँदा थाकिसके । लुभु प्रहरीबाट गुनास गर्न थालेका उनि जिल्ला प्रसाशन कार्यालय, महालक्ष्मी नगरपालिका, वडा कार्यालय मात्रै होइन पुनः निमार्ण प्राधिकरणसम्म पुगे ।

नगरपालिकाका मेयर स्यम रामेश्वर श्रेष्ठ पुगेर अनुगमन गरेर भत्काउने पर्ने भन्दै पटक पटक छलफल पनि गराए । तर नेमकुल परिवारका कोही पनि सम्पर्कमा आउन नचाएपछि नगरपालिकाले भत्काउन सकेको छैन ।

यो बिषयमा कुरा गर्न हामीले पटक पटक नेमकुल परिवारका सदस्यलाई सम्पर्क गर्दा उनीहरु हाम्रो सम्पर्कमा आउन चाहेनन् ।

तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आफ्नो क्षेत्रमा रहेका भवनहरुको वर्गिकरण गरी भकुम्प वा पिद्का दृष्टीले जोखिमयुतm भवनहरुलाई पुनःनिमार्ण गर्न, प्रबलीकरण गर्न वा भत्काउन आदेश दिन सक्ने उल्लेख गरीएको छ । तर महालक्ष्मी नगरपालिका भने विभन्नि बाहान देखाएर तर्की रहेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]