Nepa Top
century-bank

आँखा झिम्काएरै हिट प्रियालाई मोवाईल बोक्न प्रतिबन्ध

एजेन्सी।  मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई उनको परिवारले  मोबाइल बोक्न रोक लगाएको छ । एक सञ्चार माध्यमले हालै लिएको अन्तर्वार्तामा उनका पिताले प्रियालाई मोबाइल बोक्न नदिएको बताएको छ ।

आँखा झिम्काएको प्रेममय अभिनयले सञ्चार माध्ययम र सामाजिक संजालमा भाइरल बनेकी उनलाई मोबाइल बोक्न उनको परिवारले रोक लगाएका हुन् ।

वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् ।फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् ।

उनी कुनै पनि ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी अग्रपंतिमा छिन् । केही ब्राण्डले प्रियासँग विज्ञापनको प्रपोजल लिएर गएका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]