Nepa Top
century-bank

मृतकको पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्ने

युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने भएको छ ।

फरेन्सिक मेडिसिन विभागसँग सीमित स्रोत–साधन भएकाले पोस्टमार्टम रिपोर्ट आउन ढिला हुने भएको हो । सबै मृतकको सनाखत गर्न शव महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि राखिएको छ ।

फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले सीमित स्रोत–साधनबीच काम गर्नुपर्ने भएकाले रिपोर्ट आउन केही दिन लाग्ने बताए । विभागमा भएका १३ कर्मचारीले सोमबार रातिदेखि निरन्तर पोस्टमार्टमका लागि नमुना संकलन गरिरहेका छन् ।

डा. वस्तीका अनुसार सोमबार रातिदेखि मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझ्ने काम भइरहेको छ । विवरण बुझ्ने, पोस्टमार्टम गर्ने र परिवारका सदस्यलाई शव बुझाउने प्रक्रिया भएकाले केही दिन लाग्ने भएको हो । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]