Nepa Top
century-bank

चोलेन्द्र शमशेरको इजलास बहिष्कार न्यायलयको आचारसंहिताविपरीत 

काठमाडौँ ।  सर्वोच्च अदालतको सोमबारको बृहत् पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्र शमशेर जबराबाट इजलास बहिष्कार गर्नु न्यायमूर्तिको आचारसंहिताविपरीत र अदालतमाथि प्रहार भएको ठहर विभिन्न कानून व्यवसायी संगठनले गरेका छन् ।

नेपाल बार एसोसिएन, सर्वोच्च बार एसोसिएन, आधिकारिक टे«ड युनियन सर्वोच्च अदालत, नेपाल निजामती युनियन, नेपाल निजामती कर्मचारी संगठनले आज बेग्लाबेग्लै प्रेस विज्ञप्ति जारी गरी न्यायाधीश जबराको अभिव्यक्ति न्यायालयको आचारसंहिताविपरीत र अदालतमाथिको प्रहार भएको ठहर गरेका हुन् ।

न्यायाधीश जबराको सो कार्यबाट गलत प्रक्रिया र पद्धतिको शुरुआत भएको भन्दै बारसहितका संस्थाले त्यसको भत्र्सना गर्दै न्यायाधीश जस्तो पदमा असिन व्यक्तिले पेशी सूचीमा चढेको मुद्दाको तथ्यभन्दा बाहिर इजलाशको मर्यादाविपरीत काम गरेको, न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीशप्रति गलत लान्छना लगाउने, न्यूनतम् मर्यादा तथा आचारणलाई ख्याल नगरेकोप्रति ध्यानाकर्षणसमेत गराएको जनाएका छन् ।

नेपालको संविधानले निष्पक्ष र समक्ष न्यायपालिकाको परिकल्पना गरेको स्वतन्त्र न्यायापालिकालाई सबैतिरबाट आक्रमण भइरहेको अवस्थामा न्यायाधीशबाटै न्यायालयको मानमर्दन तथो न्यायपालिकाको जनआस्था घटाउने काम गरेको उल्लेख छ ।

सर्वोच्च अदालत आधिकारिक टे«ड युनियनले समयमै न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायालयबाट उपभोक्ताले न्याय पाउने अधिकारको संरक्षण नभए बेञ्च बहिष्कार गर्ने न्यायाधीशको राजीनामा मागसहितका अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]