Nepa Top
century-bank

केकीको ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको गीत रोचक छ ।

फिल्मको निर्माणपक्षले भिडियो तयार पार्न नसकेका कारण गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । लिरिकल भिडियोमा फिल्ममा समावेश केही तस्बिरहरु प्रयोग गरिएको छ ।

यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल(कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय छ ।

यो फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । फिल्मलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]