Nepa Top
century-bank

सगुनमा एकैचोटी ५० करोड अन्तर्राष्ट्रिय मिडिया कम्पनीको लगानी

वासिङ्टन डीसी।  उदाउँदो सामाजिक संजाल सगुनमा एकैपटक ५० करोड अन्तर्राष्ट्रिय स्तरको लगानी थपिएको छ । एचटी ओभरसीज प्रा.लि.ले सगुनमा ५ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने घोषणा गरेको छ ।

सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। हालै सगुन र एच्‌टी ओभरसिज प्रालिबीच लगानी सम्वन्धि सम्झौता भएको हो। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया)  को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एचटी सिंगापुरसँगको यो सम्झौतापछि सगुनको पहुँच भारतसहित दक्षिण एसियाका ४६० मिलियन इन्टरनेट प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । एचटी मिडिया अन्तर्गत अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स, हिन्दी दैनिक हिन्दुस्तानसँगै कैयौं अनलाइन पोर्टल र एफएम स्टेशनहरु संचालनमा छन् । यी सबै मिडियाले सगुनको प्रबर्द्धन गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताबारे जानकारी दिँदै सगुनले आफ्नो ‘सोसियल स्मार्ट कार्ड’को विकासलाई निरन्तरता दिइरहेको जनाएको छ । यो स्मार्ट कार्ड २०१८ को अन्त्यसम्म प्रयोगकर्तालाई उपलब्ध गराउने घोषणा गरिसकिएको छ । सगुनका प्रयोगकर्ताले सामाजिक संजाल चलाउँदै कमाइ समेत गर्न सक्नेछन् जुन कमाइ उनीहरुले यही स्मार्ट कार्डमार्फत खर्च गरी कारोबार गर्न सक्नेछन् । सगुनले छिट्टै आइओएस एप पनि विकास गर्ने जनाएको छ । स्मार्ट कार्ड र आइओएस एपले सामाजिक संजालको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सगुनको दावी छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]