Nepa Top
century-bank

बनारसमा मोदी र फ्रान्सका राष्ट्रपतिको स्वागत गर्ने मैका नेपाली छात्रालाई

काठमाडौँ । भारत भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वगत एक नेपाली छात्राले गरेका छन् ।

सोमबार भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोनी जब बनारसको अस्सी घाट पुग्दा त्यहाँ उनीहरुको स्वागत गर्ने मौका बनारस हिन्दु विश्वविद्यालयमा पढीरहेका नेपालीछात्रा सुजाता पोखरेलले पाएका थिए ।

नेपाली चेली सुजाता बनारस हिन्दु विश्वविद्यालयमा संगीत तथा मञ्च कला संकायमा मास्टर डिग्रीमा अध्ययरत् छिन् । उनी ‘मास्टर अफ पर्फमीङ’को अन्तीम सेमेस्टर अन्तर्गत कत्थक नृत्य विषय पढीरहेकी छन् ।

मोदी र म्याक्रोनको स्वागतको तयारीका लागि अघिल्लो दिन बिएचयूका १४ जना छात्रालाई अस्सी घाटमा बोलाइएको थियो । संस्कृति मन्त्रालयका अधिकारीहरुले अग्रपँक्तिमा रही विशिष्ठ अतिथिको स्वागतका लागि सुजाता र पायललाई छनौट गरेका थिए । त्यसपछिको पँक्तिमा प्रियंका र गुडियाले स्वागत गर्ने र बाँकी छात्राले विशिष्ठ अतिथिमाथि पुष्प वर्षा गर्ने तय भएको थियो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]