Nepa Top
century-bank

विप्लव पार्टीले फेरी निकाल्यो विज्ञप्ति, ओली सरकारलाई यस्तो आरोप

काठमाडौं । घोडाघोडी नगरपालिकाका मेयरकाण्डबारे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फेरी विज्ञप्ति निकालेको छ । मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टी कैलाली जिल्ला संगठन समितिले विज्ञप्ति जारी गरेको हो ।

जारी विज्ञप्तिमा मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरेको र अन्य नेता तथा कार्यकर्ताको घरमा समेत सादा पोशाकको प्रहरी पठाएर घर छाड्न बाध्य बनाएको भन्दै आपत्ति जनाएको छ । आफ्नो कार्यकर्तालाई सुतिरहेको बेला बिना कारण अपहरण शैलीमा गिराफतार गरेको भन्दै बिना शर्त रिहाई गर्नसमेत माग गरेको छ ।

विज्ञप्ति

राष्ट्रियरुपमै बद्नाम कैलालीको बोक्सी काण्डलाई ओझेलमा पार्न आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै केपी ओली सरकारलाई आरोप समेत लगाएको छ ।

घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको सम्बन्धमा यसअघि ‘जनकारवाही गर्ने’ पार्टीको विज्ञप्तिलाई नै आधार मानी नेकपाका कार्यकर्तालाई पक्राउ गर्नु राजनैतिक पूर्वाग्रह मात्रै भएको विज्ञप्तिमा उल्लेख छ । साथै पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने पनि चेतावानी दिएको छ ।

सोमबार सााझ ८ बजे घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको थियो । त्यसलगत्तै सोमबार राती प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु कमल क्षेत्री, भरत शाह र हृदय बोगटीलाई पक्राउ गरेको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]