Nepa Top
century-bank

जहाज दुर्घटनामा ४९ जनासँगै देशले गुमायो होनहार डाक्टर

काडमाडौँ । सोमबार बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयरलाइन्सको विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो । दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ, भने २२ घाइते भएका छन् ।

४९ जनाको निधनसँगै नेपाल एक होनाहार डाक्टर पनि गुमाएका छन् । वरिष्ट न्यूरो सर्जन डा. बालकृष्ण थापा नेपालले गुमाएको हो । घटनामा ५० वर्षीय डा थापाको पनि निधन भयो ।

गरिब तथा निम्नस्तरका विरामीहरुमाझ प्रख्यात थिए–वरिष्ट न्यूरो सर्जन डा बालकृष्ण थापा । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको लागि केही सामान अभाव भए निजी अस्पतालहरुबाट लगेर भएपनि विरामीको प्राण बचाउँथे ।

अमुल्य जीवन समाप्त भए तर एउटा उनको जीवन हामी नेपालीका लागि निकै बहुमुल्य थियो । हालसम्म उनले क्यान्सर अस्पतालमा अतुलनीय योगदान गरेका छन्।

उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्यकारी भएर बिपी कोइराला मेमोरियल अस्पताललाई एशियाकै नमुना क्यान्सर अस्पताल बनाउन चाहन्थे । तर उनको त्यो सपना अधुरो नै रहने भएको छ ।

डा थापा दुखी गरिब विरामीका भरोसा थिए । यतिसम्म कि मानिसहरुमा उनले उपचार गरेपछि सन्चो हुन्छ भन्ने विश्वास नै थियो । उनको निधनको मार सबैभन्दा धेरै तिनै दुखी गरिब विरामीलाई पर्ने भएको छ । उनीहरुले आफ्नो भरोसा गुमाएका छन् ।

नेपालमा न्यूरो सर्जरीको लागि उनी जत्तिको डाक्टर अरु कोही छैन भन्ने धेरैको मुखबाट सुन्ने गरिन्छ । हुन पनि उनी न्युरो सर्जरीको लागि नेपालमा मात्रै नभई एशियामा नै पनि उत्तिकै प्रख्यात थिए । उनी चिकित्सक नेपालका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि थिए ।

थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन् । उनी गोल्ड मेडालिष्ट डाक्टर पनि हुन् । उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयबाट न्युरोमा एमएस गरेका उनी आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुन् ।

सयौँ जनताको ज्यान जोगाएर उनीहरुको मनमा भगवानको रुपमा बास गरेका डा थापाको असापयिक निधनले अब धेरै बिरामीहरु विचल्लीमा पर्नेवाला छन् । देशले उनी जस्तो न्यूरो सर्जन पाउन लामो समय कुर्न पर्नेछ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]