Nepa Top
century-bank

विशारद बस्नेतको ‘मिष्टर भर्जिन’को रिलिज मिति तय

काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’को रिलिज मिति तय भएको छ । तीन युवाहरुको यौन मनोविज्ञानमा आधारित यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

यो फिल्म ०७५ भाद्र १ बाट अल नेपाल रिलिज हुने भएको फिल्मका निर्देशक विसारद बस्नेतले जानकारी दिए।

भर्जिन युवाहरुको यौन मनोविज्ञानको कथालाई महेश दवाडीले लेखेका हुन् ।

फिल्ममा गौरव पहारी, कमलमणी नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ।

प्रदर्शन मिति सार्वजनिक हुनुअगावै सार्वजनिक भएको फिल्मको गीत ‘टुल्की’ले दर्शकको उल्लेख्य साथ पाईरहेको छ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]