Nepa Top
century-bank

आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादनको प्रयोग बढाउनु पर्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशले आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादनको प्रयोग बढाउनु पर्ने र नागरिक उद्यमी हुनु पर्ने बताउनुभएको छ । स्वादेशमै रोजगार सिर्जना गर्न उत्पादनमुखी उद्योगहरु नै स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमवार नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औं वार्षिककोत्सव तथा २१ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले रोजगार सिर्जना तथा उद्यमी बन्नका लागि उत्पादनमुखी उद्योगनै स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्र र सरकार एक भई स्वदेशी उत्पादन वृद्धि गरी निर्यात घटाउनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले घरेलु उत्पादन वस्तुलाई बजारमा प्रवद्र्धन गर्नका लागि पूर्वाधारहरुको विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले पुरानो गलत चिजलाई भत्काएर आर्थिक समृद्धितर्फ अबको नीति नियम केन्द्रित हुने पर्नेमा जोड दिनुभयो ।

उहाँले विगतदेखि नै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने प्रभावकारी कार्य नभएको भन्दै यसका लागि सरकारी प्रयासमात्र नभई निजी क्षेत्र पनि सक्रिय बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले राजनीतिक दलहरुले प्रतिबद्धता गरे अनुसार मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्ने बताउनुभयो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]