Nepa Top
century-bank

यस दिनले भताभुंग भएको यो मुलुक बनाउने उर्जा प्रदान गरोस, नारीदिवसको शुभकामना !

सुजाता मिश्र. 

 

नारी दिवस कै दिन किन नारीले जिउँदै आगोमा जल्नुपर्ने ?

मार्च ८, आज अन्तरास्ट्रिय महिला दिवस । महिला अधिकार र हितका कुरा गर्दै संसारभर आज अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

जुन घरमा महिलाको सम्मान हुन्छ ,त्यहाँ ईश्वरको बाँस हुन्छ भनेर हामीलाई धर्मशास्त्रले सिकाएको नै छ ।र जुन घरमा महिला शिक्षत हुन्छन त्यो घर नै शिक्षत हुन्छ । सन् १९९१ देखी हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिलाई महिला हिंसा विरुद्ध सचेतना अभियानका रूपमा मनाउने गरिएको छ । महिला माथी हुने हिंसा विरुद्ध विश्वकै चासो बड्दै गएपनि महिला भएकै कारण भोग्नु पर्ने शारीरिक, मानसिक हिंसाबाट अझै पनि आम महिला मुक्त छैनन् ।

हरेक वर्ष मार्च ८ का दिन अन्तरास्ट्रिय नारी दिवस मनाइन्छ ।धेरै तन्त्र आए गए पनि महिलाको पहुच जहाकोताही नै रहेको पाइन्छ । विमानस्थलमा एउटी महिला दुर्ब्यबहार को सिकार हुदा न्याय माग्न बालुवाटार घेर्नु पर्ने अवस्था छ ।

नारी दिवसका दिन नारीका स्वतन्त्रता ,अधिकारका भाषण जस्ता अभियान चलाएता पनि नारी दिवस कै दिन नारीले जिउँदै आगोमा जल्नु परेको अवस्था नेपालमा विधामान छ ।हिंसा विरुद्ध दोसिलाइ कडा सजाय गरेर हिंसालाइ निरुत्साहित गर्ने वातावरण सरकारले निर्माण गर्न सकिरहेको अवस्था देखिदैन ।अझ भन्ने हो भने दाइजोका कारण कति दर्जनौं महिला जिउँदै जलिरहेका छन् ।बोक्सीको नाममा पनि आम महिला उतिकै पीडित छन् ।कतिपय परिवार भित्र नै महिला सम्मान र सुरक्षाको अभाव छ ।कतिपय समाज मा गरिवि,र अशिक्षाको कारणले गर्दा महिलाका श्रम ,सीप र सिर्जना त्यसै खेर गइरहेको छ।सडकमा महिला अधिकारका बारेमा नारा उराल्ने तर घर परिवारमा महिला माथी विभेदपूर्ण व्यवहार गर्नेको संख्या कमि छैन यहाँ ।

भनिन्छ नि ‘कुनै पनि समाजको प्रगति नाप्नको लागि त्यो समाजको महिलाको प्रगति नापे हुन्छ ।”तसर्थ जुन घरमा नारीको सम्मान हुन्छ त्यो घरमा देवताको बाँस हुन्छ ।नारीहरु आमा रुपका जिवित देवी हुन् । नारी मात्र हिंसामा परेका छैनन् त्यस्ता पुरुषहरुपनि छन् जो महिलाबाट पिडित छन् । पुरुष पनि हिंसामा परेका छन् । महिलाको मात्र आवाज उठाउने हैन कि महिलाबाट हिंसामा परेका पुरुषहरुले पनि आवाज उठाउनु त्यतिकै जरुरी हुन्छ ।

सबै चेलीहरुलाइ यस दिनले यो मुलुक बनाउने उर्जा प्रदान गरोस नारीदिवसको शुभकामना !

-अझै पनि पुरुषप्रधान हैकम विधमान रहेको हाम्रो देशमा केहि त्यस्ता महिला छन् ,जो उच्च ओहोदामा पुग्न सफल भएका छन्, ति मध्ये केहि महिलाको चर्चा हामीले गरेका छौ :

. विद्यादेवी भण्डारी

देशकै सर्वोच्च पदमा पुगेकी छिन् विद्यादेवी भण्डारी । उनी नेपालको पहिलो महिला राष्ट्रपति हुन् र उनले यही कुर्सीमा अर्को एक कार्यकाल बिताउने तय भइसकेको छ ।

. शुशीला कार्की

नेपालकी पहिलो महिला प्रधानन्यायाधीशमा आफ्नो नाम लेखाउन सफल सुशीला कार्की आफ्नो निडर र हक्की स्वभावका लागि परिचित छिन् ।

. ओनसरी घर्तिमगर

दुर्गम गाउँमा विपन्न परिवारमा जन्मिएर राज्यको उच्च पदसम्म पुग्न सफल साहसी महिला हुन् ओनसरी घर्तिमगर । उनी नेपालको पहिलो महिला सभामुख हुन् ।

. अनुराधा कोइराला

संघर्ष र समाज सेवाकी पर्याय हुन्- अनुराधा कोइराला । पछिल्लो समय नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकी उनी हाल दुई नम्बर प्रदेशको प्रदेश प्रमुखको पदमा छिन् । उनी देशकी पहिलो महिला प्रदेश प्रमुख हुन् ।

. ‘अयोग्य’ लडाकु, योग्य धाविका

मिरा राई

मिरा राईले सन् २०१६ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बनेर आफ्नो योग्यता दुनियासामु देखाइदिइन् । मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरी सो उपाधी उचालेकी थिइन् ।

. पुष्पा बस्नेत

सहाराविहीन बालबालिकाहरुका लागि आफ्नो जीवन समर्पण गरेकी उदाहरणीय समाजसेवी हुन् पुष्पा बस्नेत ।चुपचाप आफ्नो कर्ममा लिप्त रहेकी पुष्पा सन् २०१२ मा सीएनएन हिरो घोषित भएपछि एकाएक चर्चामा आइन् ।

. प्रथम नेपाली टेम्पो चालक

लक्ष्मी शर्मा

लक्ष्मी शर्माले ०३८ सालमै टेम्पो चलाउने काम गरेकी थिइन् । त्यसैले त उनी नेपालकै पहिलो महिला टेम्पो चालकका रुपमा चिनिएकी छिन् । तर, उनी टेम्पो चालकमा मात्रै सीमित रहिनन्, एउटी सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिन् ।

. जसले राष्ट्रसंघमा नेपालको शान बढाइन्

जोली अमात्य

संयुक्त राष्ट्रसंघको युथ एसेम्बलीको अध्यक्ष गर्ने पहिलो नेपाली महिला हुन् जोली अमात्य । राष्ट्रसंघ यति उच्च तहमा पुग्ने उनी सबैभन्दा कम उमेरकी नेपाली पनि हुन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]