Nepa Top
century-bank

साउदीसहित तीन देशमा मेडिकल झन्झट हुदा नेपाली कामदार जान ठप्प हुदै

काठमाडौं । साउदी अरब, ओमन र बहराइन जान कामदारले मेडिकल गर्नै छाडेका छन् । क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि मेडिकल गर्न छोडिएको हो ।

केही व्यक्तिगत रुपमा श्रम स्वीकृत लिएकाहरुले मात्रै मेडिकल गराइरहेका छन् । यसअघि मेडिकल गरिरहेकाहरु विदेश गइरहे पनि केही दिनमै कामदार जान ठप्प हुने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघले जानकारी दिएका छन्।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले १७ फागुनबाट गाम्का नेपाल बन्द गरेर अनलाइनमा आवेदन भर्नु पर्ने र क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ ।

सर्वसाधारण कामदारसँग डलरमा भुक्तानी गर्ने क्रेडिट कार्ड छैन भने अनलाइनमा रजिस्ट्रेसन गर्न पनि झन्झट छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]