Nepa Top
century-bank

पौडेलद्वारा विशेष महाधिवेशनको माग,निर्वाचनमा पार्टीले व्यहोरेको हारको समिक्षा गरीने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशनको माग गर्नु भएको छ । पार्टी कार्यलयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्द नेता पौडेलले विशेष महाधिवेशनको माग गर्नु भएको हो ।

तीनै चरणको निर्वाचनमा पार्टीले हार व्यहोरेका कारण गम्भीर समिक्षा गर्दै पार्टीलाई बलियो बनाउँन विशेष महाधिवेशन आवश्यक रहेको धारणा राख्नु भएको हो । नेतृत्वका कारण पार्टीको संगठनात्मक संरचना कमजोर हुँदा पराजय व्यहोर्नु परेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको उहाँको भनाइ रहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकले शनिबार संसदीय दलको बैठकले पारित गरेको विधान अनुमोदन गर्नेछ ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने प्रवक्ता शर्मा जानकारी दिनु भयो । प्रवक्ता शर्माका अनुसार बैठकले संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने भएको छ । समितिले संघीय संसदको पहिलो बैठक अघि नै दलको नेता चयन गर्ने बताइएको छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आउनु भएको छ । सर्वसहमति भए डा. कोइराला र देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]