Nepa Top
century-bank

स्वेच्छिक अवकासमा कर्मचारीको आकर्षण देखिएन

संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका सरकारले ल्याएको स्वेच्छिक अवकासमा कर्मचारीका आकर्षण कम देखिएको छ । स्वेच्छिक अवकास कार्यक्रम सुरु भएको करिव डेढ महिनामा स्वेच्छिक अवकासका लागि कम कर्मचारीले मात्र आवेदन दिएका छन् ।

सामान्य प्रशान मन्त्रालयका अनुसार स्वेच्छिक अवकास कार्यक्रम सुरु भएको डेढ महिनाको अवधिमा ३ हजार ५ सय कर्मचारीले मात्र अवकासका लागि आवेदन दिएका छन् । त्यसमा पनि तल्लो तहका कर्मचारीको संख्या बढी रहेको छ । मन्त्रालयको अनुसार स्वेच्छिक अवकासका लागि निवेदन दिने समय आज सकिदैछ । तर यो अवधिमा समायोजनमा जान नचाहेरे स्वेच्छिक अवकाशका लागि निवेदन कर्मचारी कम भेटिए ।यद्यपि, आज मन्तिम दिन भएकाले आज धेरैको निवेदन पर्नसक्ने मन्त्रालयले अनुमान गरेको छ ।

२० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका लागि सरकारले स्वेच्छिक अवकाशको कार्यक्रम ल्याएको हो । स्वेच्छिक अवकाशमा सहभागी हुन करिब २२ हजार कर्मचारीको कमापदण्ड पुगेपनि बढीमा ६ हजारले मात्र स्वेच्छिक अवकाश लिने अनुमान गरिएको छ । अवकाशमा जाने कर्मचारीले १४ देखि ३० लाख रुपैयाँसम्म पाउँछने मन्त्रालयले जानकारी दिएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]