Nepa Top
century-bank

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ ।

सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो ।

संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो ।

दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]