Nepa Top
century-bank

प्रधानमन्त्री पदभार ग्रहणका क्रममा ‘सीसीटीभी’ मा ओली यसरी चिप्लिएपछि ….

काठमाडौं। नव निवाचिर्त प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र टुक्काका कारण पटक–पटक चर्चामा आउने गर्छन्। प्रधानमन्त्री ओलीलाई भाषणकलामा अब्बल मानिन्छ ।

प्रधानमन्त्रीलाई पहिलोपटक प्रधानमन्त्री हुँदा हरेक नेपालीको भान्छामा ग्याँसको पाइप जोडेर सिलीण्डरको ‘फेज’ समाप्त पार्ने, हावा तथा फोहोरबाट विजुली निकाल्नेजस्ता ओलीको भाषणलाई अधिकांशले हाँसोमा उडाए र विभिन्न कार्टुन तथा ‘ट्रोल’ बनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई सपथ ग्रहण गराएका थिए । एक वर्ष ६ महिना २२ दिनपछि बिहीबार फेरि सत्तामा पुगेका प्रधानमन्त्री ओली पदभार ग्रहणका क्रममा पनि चिप्लिएका छन्।

उनले ‘सीसीटीभी’ लाई  ‘सिटीइभिटी’, ‘सिटीइबाट’, र  ‘सीसीइभीटी’,भन्दा पनि नजानेपछि टेक्निकल शिक्षालय र त्यसबाट मान्यताप्राप्त शिक्षालय स्थापना गर्ने भन्दै टारेका थिए। उक्त शव्दले कार्यक्रममा उपस्थित सञ्चारकर्मीलगायतक अन्य कर्मचारी तथा सहयोगीहरु हाँसेपछि प्रधानमन्त्री ओली केही आत्तिएजस्ता देखिएको थियो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]