Nepa Top
century-bank

माओवादी पटकपटक सत्तामा पुगे पनि पीडितप्रति उत्तरदायी नभएको आरोप

काठमाडौँ।नेपाल माओवादी पीडित संघले तत्कालीन नेकपा (माओवादी) ले पटकपटक सत्तामा पुगे पनि पीडितप्रति उत्तरदायी नभएको आरोप लगाएको छ ।

माओवादीले सशस्त्र युद्ध शुरु गरेको आजको दिनलाई शोक दिवसका रुपमा मनाउँदै संघले आन्दोलनको नाममा जस्तोसुकै अपराधको छुट पाएर निर्दोष व्यक्तिलाई तत्कालीन राज्यपक्षको निशाना पर्न बाध्य पारिनु निन्दनीय भएको जनाएको छ ।

संघका अध्यक्ष कल्याण बुढाथोकीले कानुनलाई हातमा लिई पीडक पुरस्कृत र पीडित दण्डित हुने अवस्था आउनु आश्चर्यजनक भएको बताउनुभयो ।

संघले द्वन्द्वकालीन समयमा भएका घटना दुःखदायी भएको स्मरण गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]