Nepa Top
century-bank

जनयुद्ध’ दिवसका अवसरमा दीप प्रज्वलन

काठमाडौँ। तेइसौँ ‘जनयुद्ध’ दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) निकटका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।

जनयुद्धमा सहादत प्राप्त गरेकाको सम्झनामा दीप प्रज्वलन गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा जनयुद्धको भूमिका महत्वपूर्ण रहेको भन्दै प्राप्त भएको अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनयुद्धका क्रममा उठेका केही मुद्दा सम्बोधन भए पनि केही मुद्दा बाँकी नै रहेकाले त्यसको पूर्णताका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउँदै उहाँले शहीदले देखाएको मार्गमा अविचलित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]