Nepa Top
century-bank

ढिलो–छिटो प्रधानमन्त्री हुन्छु :अध्यक्ष पुष्पकमल दाहाल

चितवन । पश्चिम चितवनको गौरीगञ्ज माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलो–चाँडो प्रधानमन्त्री हुने बताएका हुन्।

कांग्रेस प्रतिनिधिले मन्तव्यका क्रममा  प्रचण्डलाई प्रधानमन्त्री भएर चितवन आउन शुभकामना दिएको छ । त्यसपछि आयोजित कार्यक्रममा प्रचण्डले भने, “अहिले टुंगिएको त छैन । तर, ढिलो–छिटो प्रधानमन्त्री भएर आउँछु ।” नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएका थिए ।

सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण आफूले नोेबल पुरस्कार नपाएको गुनासो गरेको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]