Nepa Top
century-bank

अभिनेत्री गौरी मल्ललाई पितृ शोक

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई पितृ शोक परेको छ । सिंहरदरबार टेलिसिरीयलमा प्रथम महिला प्रधानमन्त्री बनेर चर्चा कमाएकी कलाकार मल्लको बुवा धनबहादुर मल्लको सोमबार निधन भएको हो ।

धापासीस्थित आफ्नो निवासमा उनले पिताको स्याहार गर्दै आएकी थिइन् । ८४ वर्षको उमेरमा पूर्व मेजर मल्लको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

मल्लको गएराति पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिसकिएको पारिवारीक श्रोतले जनाएको छ । दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी गौरी मल्ल अहिले पनि चलचित्र क्षेत्रमा उत्तिकै क्रियाशील छिन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]