Nepa Top
century-bank

भूकम्प पछिको पुनर्निर्माणले गाउँघरमा नै युवाहरुलाई रोजगार बनायो

लमजुङ । २०७२ साल वैशाख १२ को भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । अझै धेरै भूकम्पपीडित टहरा र पालमुनी दिनरात कटाउन बाध्य छ । पुनर्निनिर्माणले गति लिन सकेको छैन । तर, केहीका लागि त्यही बिनास रोजगारीको अबसर बनेको छ । हातमा सीप भएकाले गाउँ–ठाउँमै राम्रो कमाई गरिरहेका छन् ।

उदयपुर गाईघाटका राजन तामाङ कामको खोजीमा लमजुङ छिरेको पनि २२ बर्ष बितिसक्यो । ज्याला–मजदुरीकै भरमा परिवार पाल्दै आएका तामाङलाई अहिले घर बनाउन भ्याई–नभ्याई छ ।

हातमा सीप र मनमा जोस–जाँगर भएकालाई कामको कमी छैन भन्ने उदाहरण पनि हुन् तामाङ । भूकम्प पहिले महिनाको १२–१५ हजार आर्जन गर्न मुस्किल पर्ने तामाङ अहिले २५–३० हजार कमाउँछन् । श्रीमति, ३ छोरा र एक छोरीको साथमा तामाङ परिवार लमजुङको सुन्दरबजारमा हाँसीखुसी छ ।

स्थानीय संघ–संस्थाले भूकम्प प्रतिरोधी घर निर्माणको तालिम दिएपछि तामाङले आफ्नो सीपलाई प्रविधिसँग जोडे । र, नयाँ घर निर्माणमा त्यही प्रविधि अनिवार्य गरेपछि तामाङको व्यस्ततासँगै आम्दानी पनि बढ्न थाल्यो । अहिले सीप र जाँगर हुनेलाई कामको कमी छैन । कामअनुसारको कमाई पनि छ ।

सरकारी तथा गैरसरकारी संघ–संस्थाले गाउँ–ठाउँमा सिकर्मी, डकर्मीको तालिम दिएपछि राजन र मकरजस्ता परिश्रमिका लागि गरीखाने बाटो भएको छ । निश्चित समयभित्रै मापदण्डअनुसार नबनाए अनुदान नपाइने व्यवस्थाका कारण अधिकांशले हतार–हतार घर बनाइरहेका छन् । जसका कारण दक्ष जनशक्तिको माग उच्च छ ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]