Nepa Top
century-bank

राज्यलाई कर नतिर्ने एनसेलको टावर र क्रसर उद्योगमा ‘विप्लव’द्वारा आगजनी

काठमाडौं । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’ले देशका विभिन्न ठाउँमा आक्रमण गरेका छन् । विप्लवका कार्यकर्ताले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुर लगायतका ठाउँमा विप्लव कार्यकर्ता आक्रमण गरेका हुन् ।

‘विप्लव’कोले  रोल्पाको माडी गाउँपालिका(६ कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावर,  नुवाकोटस्थित एनसेलको रिपिटर टावर , रामेछापमा समेत एनसेलको टावर,भोजपुरको क्रसर उद्योगमा आगो,र भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा पनि आगजनी गरेका छन् ।

 

जनयुद्धको झझल्को देखाउन ‘विप्लव’ले विभिन्न ठाउँमा आक्रमण गरेको देखिएको छ । आधिकारिकरुपमा विफोटनको जिम्मा नलिए पनि प्रहरीले विप्लव माओवादीले नै यी आक्रमण गरेको बताइएको छ ।

राज्यलाई कुनै कर नतिरीएकाले उक्त आक्रमण गरिएको विप्लवले जनाएका छन् ।

 

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]