Nepa Top
century-bank

विभिन्न प्रदर्शनसहित सेना दिवस मनाइयो

  • गणेश खनिया,

काठमाडौं ।  नेपाली सेनाले बिविध कार्यक्रम गरी काठमाडौंको सैनिकमञ्चमा आफनो स्थापना दिवस मनाएको छ ।

नेपाली सेनाले हरेक बर्ष शिवरात्रिको तिथि पारेर आफनो स्थापना दिवस मनाउने गरेको छ । सैनिक मञ्चमा आयोजित नेपाली सेनाको स्थापना दिवस मुल समारोहमा राष्ट्रपति बिद्या देवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा समेत पुग्नु भएको थियो । राष्ट्रप्रमुख सेनाको परमापधिपति समेत रहने व्यवस्था रहेकाले सेनाले राष्ट्रपतिलाई कार्यक्रममा तोप बढाई सहित स्वागत गरेको थियो ।

नेपाल एकीकरणको २ सय ५० वर्षगाँठका सन्दर्भलाई लिएर सेनाले समेत यसबर्षकोसेना दिवसलाई दुई सय पचासऔं स्थापना दिवसको रुपमा मनाएकोछ । समारोहमा नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर गीति नाट्य सहित परेड खेलेको थियो ।

नेपाली सेनाका मानार्थ महारथी समेत रहनुभएका भारतीय सेनाध्यक्ष जनरल विपिन राउत बिशेष अथितिको रुपमा कार्यक्रमसमा सहभागी भएका थिए । सेनाका प्रमुख सेनापति राजेन्द्र क्षेत्रीले बिभिन्न कार्यक्रममा उत्कृष्ट गणलाई सम्मान स्वरुप सेनापतिको झण्डा हस्तान्तरण गर्नुभएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]