Nepa Top
century-bank

सलमानले लिए डिप्रेशनमा परेका बबीलाई उकास्ने जिम्मा

फागुन १ । धर्मेन्द्र देवल पुत्र एवं सन्नी देवलका भाई रहेका बबी देवल जो लामो समयदेखि फिल्म हातमा नआएर हेरान थिए उनलाई सलमान खानले साथ दिएका छन् । लगातारको असफलताका कारण डिप्रेशनमा रहेका बबी चलचित्र ‘रेस ३’ बाट कमब्याक गर्दै छन ।

फिल्म ‘रेस ३’ को छायांकन सकिन नपाउँदै सलमान खानकै कारण उनले दोस्रो फिल्ममा पनि काम गर्ने अवसर पाएका छन् । सलमान खानले बबीलाई उनको आगामी फिल्म ‘भारत’मा पनि कामको अवशर दिने कुरा भएको संचारमाध्यले जनाएको छ ।

यो हेर्दा सलमान खानले बबी देवललाई फिल्म ‘रेस ३’ मार्फत कमब्याक गराएर उनको करिअरलाई माथि उठाउने जिम्मेवारी लिन खोज्दैछन् । ‘रेस ३’ मा बबीको कामबाट सलमान निकै प्रभावित भएका छन् । त्यसैले सलमानले बबीलाई उनको अर्को फिल्म ‘भारत’ पनि लिन चाहेका हुन् ।

सलमानले बबीलाई उनको फिल्म ‘भारत’मा काम गर्ने भनेर सोधेका थिए । बबीले पनि सलमानको लागि जुनसुकै भूमिकामा काम गर्न राजी भएको कुरा बताएका छन् । हाल छायांकन भइरहेको फिल्म ‘रेस ३’ का लागि बबी आफ्नो लुक र फिटनेसमा धेरै मेहनत गरिरहेका छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]