Nepa Top
century-bank

डडेल्धुरास्थित एनसेल टावरमा आगलागी, टावरको जेनेरेटर पूर्ण रुपमा जल्यो

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका वडा नं २ काफलीमा रहेको एनसेलको टावरमा आगलागी भएको छ। गएराति सवा ९ बजेको समयमा उक्त टावरमा आगलागी भएको हो।

आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

उनका अनुसार टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन। ‘टावरमा कार्मचारी कोही पनि नभएको बेला आगो लागेको हो,ु उनले भने, ुटावर हेर्ने चौकीदार पनि ५ बजे नै घर गएका रहेछन्।’

टावरमा आगजनी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]