Nepa Top
century-bank

२४ विधाका ‘फान अवार्ड’ चैत १६ मा

काठमाडौं । दोस्रो पटक नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको ‘फान अवार्ड २०७३’ को घोषणा गरिएको छ ।

राजधानीमा कार्यक्रमको आयोजना गदैृ संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ चैत १६ गते हुने जानकारी गराएका हुन् ।

आर्मी अफिसर्स क्लबमा हुने अवार्डलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष बोगटीले बताए ।

उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव-अभिनेत्री, उत्कृष्ट नव-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकारको विधामा ‘फान अवार्ड’ वितरण गरिने छ ।

२४ विधामा वितरण गर्न लागिएको अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ । यस्तै, अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको विधामा पनि छ । दोस्रो ‘फान अवार्ड’ को घोषणा सभामा ‘कि एडभरटाईजिङ’ का नवनिर्वाचित कार्यसमितिलाई कलाकार संघले सम्मान पनि गरेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]